दमक जेसीजको जेसीज सप्ताह २०२४ अन्तर्गत। Child Health Awareness Training कार्यक्रम श्री हिमालय माध्यमिक विद्यालय दमक २ मा अध्ययनरत २०० भन्दा बढी विद्यार्थी तथा अभिभावकज्यूहरू को सहभागितामा सम्पन्न भएको छ। KIOCH अस्पताल दमक सँगको सहकार्यमा भएको उक्त तालिमको प्रमुख प्रशिक्षक डाक्टर सुनिल अधिकारी रहनुभएको थियो। चिसो, मौसम बदली र अन्य जोखिमहरूबाट बालबालिकाहरूलाई जोगाउन सकिने उपायहरूका बारेमा तालिम दिएको थियो। उक्त कार्यक्रमको संयोजक जेसी सन्ध्या बराल, प्रमुख अतिथि वडा अध्यक्ष प्रजापति सापकोटा,विशिष्ट अतिथिहरूमा वडा सदस्य ललितबहादुर बिक, प्रधानाध्यापक द्रोण कुमार श्रेष्ठ रहनुभएको थियो। वक्ताहरूले दमक जेसिज तथा KIOCH अस्पताल दमकले विद्यार्थी तथा अभिभावक लक्षित यस्ता किसिमका कार्यक्रमहरू आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यूले गर्नुभएको थियो।