दमक जेसिजको जेसिज सप्ताह २०२४ अन्तर्गत सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम,ट्राफिक प्रहरी कार्यालय,दमक नगरपालिका वडा नम्बर ६ सँगको सहकार्यमा दमक बसपार्कमा सम्पन्न भएको छ। बढ्दो सडक विस्तार र मर्मत, नगरभित्र बढ्दो सिटी सफारी हरूका कारण हुन सक्ने सम्भावित दुर्घटनाहरूको न्यूनीकरणका लागि विशेषत चालकहरूका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। औपचारिक कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा ज्यूले बसपार्कलाई व्यवस्थित गर्न का साथै चालकहरूलाई सचेतनामूलक प्रशिक्षणको जरुरी रहेको कुरा बताउनुभयो। ट्राफिक प्रहरी कार्यालय दमक का प्रमुख नारायण भट्टराई ज्यूले बसपार्कमा रहेका करिब १५० भन्दा बढी सिटी सफारी तथा अन्य सवारीका चालकहरूलाई दुर्घटना न्यूनीकरणका बारे प्रशिक्षण दिनुभयो। कार्यक्रममा साथीभाइ समूह दमकका संस्थापक अध्यक्ष गङ्गा सिटौला पूर्व अध्यक्ष चन्द्र खत्री, कमल कटवाल, सञ्जीव बराल लगायतको उपस्थिति रहेको थियो। जेसी धर्म ढुङ्गाना संयोजक रहेको उक्त कार्यक्रम को सभापतित्व दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यूले गर्नु भएको थियो।