दमक जेसिज को जेसिज सप्ताह २०२४ अन्तर्गत २१ मङ्सिर २०८१ का दिन Leadership and Personality Development Training कार्यक्रम दमक बहुमुखी क्याम्पस मा स्नातक तह अध्ययनरत ३०० भन्दा बढी विद्यार्थीहरू को सहभागितामा सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रममा नेपाल जेसीजको का राष्ट्रिय प्रशिक्षक सर्टिफाइड ट्रेनर सेवक बजगाई ले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। दमक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष ढुण्डिराज भण्डारीज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको संयोजक जेसी कुमारबाबु गजुरेल रहनुभएको थियो। कार्यक्रमको दोस्रो सेसनमा प्रशिक्षक दमक जेसिजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेलज्यूले विद्यार्थी भाइबहिनीहरूलाई लिडरसिप एण्ड personality development मा पर्ने आधारभूत कुराहरू सिकाउनुभएको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख, प्राध्यापक ज्यू, जेसीज सदस्यहरू को उल्लेख्य उपस्थिति रहेको थियो। तालिमको समापन कार्यक्रममा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष जेसी बहादुर तामाङज्यूको समेत उपस्थिति रहेको थियो। तालिमका माध्यमबाट विद्यार्थीहरूलाई प्रशिक्षित गराउन अवसर दिनुभएकोमा उहाँले दमक क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूको अध्यक्षतामा भएको कार्यक्रम मा विद्यार्थी भाइबहिनीहरूले प्रशिक्षकलाई लिडरसिप र पर्सनालिटी डेभलपमेन्ट सम्बन्धी जिज्ञासा समेत राख्नुभएको थियो।