#निशुल्क_स्वास्थ्य_शिविर_सम्पन्न
दाङ महिला जेसीज,त्रिभुवननगर जेसीज रोटरी क्लव अफ दाङ, लायन्स क्लव अफ घोराही सिटीको संयुक्त आयोजना तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा घोराही उप–महानगरपालिकाको समन्वयमा बाह्रकुने दहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३०० बढी सेवाग्राहीहरुले निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श प्राप्त गरेका थिए ।
शिविरमा दाङ महिला जेसीजकी अध्यक्ष जेसी अनिता ढकाल, मातृशाखा त्रिभूवननगर जेसीज का अध्यक्ष जेसी टंक बहादुर रावत , रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदी लयायत को सहभागिता रहेको थियो । शिविरमा घोराही उ.म.न.पा.–१३ स्थित स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु, गोरखा अस्पतालका डा. शुभम देउजा,स्वास्थ्य प्राविधिक संघ की केन्द्रिय सदस्य बरिष्ठ नर्स लक्ष्मी ढकालले विरामीहलाई स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नु भएको थियो । शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु एन.एम.एस.आर.ए. दाङले सहयोग गरेको थियो । शिविरको संयोजक दाङ महिला जेसीज की स्वास्थ्य संयोजक जेसी आकृति शर्मा रहनु भएको थियो ।