सहिद सप्ताहको अन्तिम दिन सहिदहरुको सम्झनामा मनोहरा जेसीजले काठमाडौको सहिद गेटमा आज साझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । मात्री शाखा धापासी जेसीज संगको सहकार्यमा सो कार्यक्रम सप्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता मनोहरा जेसीज बर्ष २०२५ का अध्यक्ष जेसि उमेश भट्टराई गर्नु भएको थियो भने कार्यक्रम उपस्थित जेसि हरुलाई धापासी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसि सुजिना डङ्गोलले धन्यवाद अर्पण गर्नु भएको थियो ।कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्नुका साथै १०८ दिप प्रज्वलन गरिएको थियो ।कार्यक्रममा धापासी जेसीजका पुर्व अध्यक्ष जेसि खेमराज अधिकारी, मनोहरा जेसीजका निबर्तमान अध्यक्ष जेसि अस्मिता बोहरा, धापासी जेसीज र मनोहरा जेसीजका बोर्ड पदाधिकारी तथा सदस्यहरु लगाएत विभिन्न लियो क्लब तथा रोट्रायाक क्लब सदस्यहरको उपस्तिथिती रहेको थियो ।