मनोहरा जेसीज बर्ष २०२४ र बर्ष २०२५ को संयुक्त संचालक समितिको बैठक सप्पन्न भएको छ । बैठक सस्थाका सस्थापक अध्यक्ष जेसि जगतराज ढुंगानाको विशेष उपस्थितिमा कागेस्वरी मनोहरा वडा नम्बर ९ मा सम्पन्न भयो । कार्यक्रममा २०२४का पदाधिकारीहरुले बर्ष २०२५का पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफलताको शुभकामना प्रदान गर्नु भयो । त्यस्तै २०२४ का अध्यक्ष तथा अदाधिकारी हरुलाई २०२५का अध्यक्ष तथा पदाधिकारीहरुले २०२४ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक धन्यवाद प्रदान गरियो । बैठकमा २०२५ का पदाधिकारी तथा सदस्यहरुको परिचय, माईनुट बुक हस्तान्तरण गरिएको थियो ।