बर्ष २०२५ का लागी जेसीज उर्लाबारीका नवनिर्वाचित बोर्डद्वारा उर्लाबारी ०६ अवस्थित मोरंग मोडल कलेजका १८० जना उच्च मा वी र स्नातक तहमा अध्ययनरत बिद्यार्थी हरुको रक्त समुह परिक्षण गरीयो। बर्ष २०२५ का उपाध्यक्ष मिलन पोख्रेलको संयोजकत्व रहेको उक्त कार्यक्रममा रक्तदानको महत्वको बारेमा बर्ष २०२५ का अध्यक्ष भाईटिका भट्टराई लगायतका वक्ताहरुले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम २०२५ का कार्यकारिणि उपाअध्यक्ष जेसी रन्जित श्रेष्ठ ले संचालन गर्नुभएको थियो।




