JCI Urlabari Chapter ले उर्लाबारी नगरक्षेत्र भित्र रहेका ६ वटा समुदायीक बिद्यालयका १८० जना विद्यार्थीहरुलाई “आश कपाश - Hope in Threads” नामक न्यानो कपडा वितरण कार्यक्रम गरेको छ। उपाध्यक्ष मिलन पोख्रेल को संयोजकत्वमा रहेको यो कार्यक्रम ६ जनवरी २०२५ बाट सुरु भएर १३ जनवरी २०२५ मा सम्म चलेको थियो।
आंखा रसाउने कति कारण हुन्छन्, यो पनि एउटा बन्यो। यो कठ्यांग्रीदो चिसोमा ससाना नानीबाबुहरुको काप्दैगरेका ओठमा हांसो ल्याउंदाको न्यानोपनले जेसीज उर्लाबारीको टिम मन्त्रमुग्ध बनेको थियो। “धेरै जनाले सहयोग गर्नुभएको उक्त कार्यक्रम सफल बनाउन हातेमालो गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छौं” अध्यक्ष भाईटिका भट्टराई उल्लेख गर्नुहुन्छ - “हातेमालो गरेर संगै हिडिरहनुभएका नजिक टाढाका सबै महानुभावहरुसंग यस्तै खुसी बांडीरहन पाउं”।
प्रयास जारी छ। अझै धेरै Smiles देख्न पाईरहुं।