एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न - JCI Urlabari

2025-02-04

माघ १८ ( जनवरी ३१) 

उर्लाबारी जेसीजको सहयोगमा उर्लाबारी बहुमुखि क्याम्पसमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरीएको छ। पुर्वान्चल क्यान्सर हस्पिटलको सहयोगमा भएको उक्त कार्यक्रममा पाठेघरको मुखको क्यान्सर, मुटु र नाक कान घांटी को निशुल्क उपचारसाथै बिज्ञहरुको परामर्श दिईएको थियो। ६०० जना सर्वसाधरण लाभान्वित भएको उक्त शिविरमा जेसीज उर्लाबारीको भुमिकाले चौतर्फी   चर्चा पाएको छ। 


JCI News Archive