दाङ महिला जेसीज को सहयोग हस्तान्तरण कार्यक्रम

2025-02-05
मिति २०८१ - १० - १२ गतेका दिन दाङ महिला जेसीज को अध्यक्ष जेसी अनिता ढकालको अध्यक्षतामा घोराही उपमहानगर पालिका वडा नः १० का वडा अध्यक्ष श्री दिपक पाण्डे ज्यू को प्रमुख आतिथ्यतता घोराही १० नारायणपूर मा रहेको मानव कल्याण समाज (सेवाघर) मा खाधन्न समाग्री , लत्ता कपडा , सरसफाइ सामाग्री सहयोग हस्तान्तरणगरेको छ उक्त कार्यक्रम मा दाङ महिला जेसीजकी उपाध्यक्ष जेसी माया चौधरी ले आस्थापाठ को अगुवाइ गर्नु भएको थियो भने संयोजक उपाध्यक्ष जेसी प्रज्ञा स्वर्णकार ले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम को सहजीकरण महासचिव जेसी भिमा डि.सी ले गर्नु भएको थियो। कार्यक्रम मा पत्रकार सुलोचना गौतम , मानव कल्याण समाज की संस्थापक अध्यक्ष सुमी मानव , पूर्व अध्यक्ष जेसी निरजा पोख्रेल , प्रमुख अतिथि दिपक पाण्डे ज्यु ले आफ्नो मन्तव्य राख्नु भएको थियो ।  अन्त्यमा अध्यक्ष जेसी अनिता ढकाल ज्यू ले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो । 
JCI News Archive