जेसिज को सदस्य दुर्घटना बिमा सम्झौता कार्यक्रम सम्पन्न !
म्याग्दी जेसिज द्वारा आज मिति २०८१ माघ २६ गते शनिबार तदनुसार 8 February 2025 का दिन शिखर इन्स्योरेन्स बेनि शाखा को सहयोग मा सदस्य दुर्घटना बिमा सम्झौता कार्यक्रम गर्दै बिमित सदस्यहरु लाई पोलिसी हस्तान्तरण गरिएको छ!
म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता, म्याग्दी जेसिज का पुर्व अध्यक्ष जेसि खम थापा मगर को प्रमुख आतिथ्यता, पुर्व अध्यक्ष जेसि बिरेन्द्र श्रेष्ठ को बिशिस्ट आतिथ्यता,पुर्व अध्यक्ष तथा बर्ष-२०२५ का कानुनी सल्लाहकार जेसि सुमन बानियाँ को आतिथ्यता, बरिष्ठ कार्यकारीणि उपाध्यक्ष जेसि सज्जन श्रेष्ठ को स्वागत, उपाध्यक्ष जेसि गणेश सुवेदी को आस्था पाठ बाचन र प्रकरण निर्देशक जेसि विशाल खत्री को JCI Mission/Vision बाचन रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसिज का उपाध्यक्ष जेसि कपिल बानियाँ को रहेको थियो।
शिखर इन्स्योरेन्स बेनि शाखा का प्रबन्धक समेत रहेका म्याग्दी जेसिज का उपाध्यक्ष जेसि कपिल बानियाँले कार्यक्रम बारे प्रकाश पारेका थिए! बर्ष २०२५ भरी म्याग्दी जेसिज ले गर्ने कार्यक्रम हरु मा सदस्यहरु सहभागी हुँदा हुन सक्ने संभावित दुर्घटना लाई मध्य नजर गर्दै शिखर इन्स्योरेन्स बेनि शाखा को सहयोग मा सदस्यहरु बाट कुनै रकम नलिई नि:शुल्क बिमा गरिएको कार्यक्रम का सभा अध्यक्ष तथा म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्तिले जानकारी गराएका थिए! शिखर इन्स्योरेन्स बेनि शाखा ले म्याग्दी जेसिज को ऐतिहासिक महत्व बोकेको जिल्ला स्तरिय अन्तर मा.वि. जेसिज कप फुटबल प्रतियोगिता मा बर्ष-२०२२ देखि प्रत्येक बर्ष खेलाडी हरु को नि:शुल्क बिमा गर्दै इन्स्योरेन्स पार्टनर को रुप मा भुमिका खेल्दै आएको छ!