जेसीजको बहुशाखा पदाधिकारी तालिम सम्पन्न

2025-02-08

मिति २०८१ माघ २६ गते त्रिभुवननगर जेसीजको आयोजनामा तालिम प्रतिष्ठानद्धारा बहुशाखा पदाधिकारी तालिम सम्पन्न भएको छ । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा  सम्पन्न तालिमको प्रमुख प्रशिक्षकको रुपमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष कुमारराज श्रेष्ठ रहनुभएको थियो भने प्रशिक्षकको रुपमा त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानका अध्यक्ष रजिब उल्लाह खान, पूर्व अध्यक्ष माधव प्रसाद पौडेल र निवर्तमान अध्यक्ष रबि किरण के.सी. रहनुभएको थियो । तालिममा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, लमही जेसीज र तुलसीपुरनगर जेसीजका जम्मा ४० जना शाखा पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जेसी राजन घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यावाद मन्तव्य का.का. उपाध्यक्ष हिमाल पौडेलले व्यक्त गर्नुभएको थियो । तालिममा तुलसीपुर जेसीजका अध्यक्ष सन्दिप भुषाल, दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकाल र लमही जेसीजका अध्यक्ष रामदिन चौधरीले मन्तव्य राख्नुभएको थियो । तालिमको उद्घाटन तथा समापन सत्रको सहजिकरण महासचिव जेसी कृष्णदेव थापाले गर्नुभएको थियो ।

JCI News Archive