मर्स्याङदी समाचार, १५ माघ ।
अन्तराष्ट्रिय संस्थामा आबद्ध लमजुङ जेसीजले दोर्दी गाँउपालिका ७ लप्सीबोटका आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका विच लमजुङ जेसीज बर्ष २०२२ का अध्यक्ष एवं २०२५ का कानुनी सल्लाहकार प्रेम गुरुङले पिडित गगन सिङ गुरुङलाई नगद २५ हजार सहित २५ हजार बराबरका लत्ताकपडा प्रदान गरिएको हो ।
गत सोमबार गुरुङको घरमा आगलागी हुँदा घरमा रहेका समान सहित लत्ता कपडा जलेर पूर्ण रुपमा नष्ट भएको थियो । लमजुङ जेसीज बर्ष २०२२ का अध्यक्ष एवं बर्ष २०२५ का कानुनी सल्लाहकार प्रेम गुरुङको नेतृत्वमा उक्त रकम संकलन गरी पिडित गुरुङलाई हस्तान्तरण गरीएको हो । पिडित गुरुङको बुबा आमा र दुई छोरा रहेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा वडा नं. ७ का वडा अ अध्यक्ष रिसमाया गुरुङ, महासचिव राजु गुरुङ, कोषाध्यक्ष विक्रम घले लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।