सदिक्षा घिमिरे
सौराहा । यहि मिति २०८१/१०/२८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. ६, गैंडा चोकमा सौराहा लेडी जेसिज वर्ष २०२५ की शाखा अध्यक्ष जेसी दिक्षा रिजाल ज्युको अध्यक्षतामा यस सौराहा लेडी जेसिजले रेवान सौराहा द्धारा आयोजीत “१९औं संस्करणको सौराहा फुड फेष्टिवल २०८१” को शोभा ¥यालीमा सहभागी भई आउने महानुभावहरुलाई “पानी वितरण कार्यक्रम” सभ्य तथा भव्य रुपमा सु–सम्पन्न गरियो ।