मर्स्याङदी समाचार ।
लमजुङ जेसीजमा आबद्ध सदस्यहरुलाई प्रिइन्डगसन, लोम अफिसर संगै ब्राण्ड योरसेल्फ इन जेसीज तालिम प्रदान गरिएको छ ।
शनिबार लमजुङ जेसीज बर्ष २०२५ का अध्यक्ष प्रतिकजंग तामाङको अध्यक्षता एवं नेपाल जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुसालको प्रमुख आतिथ्यतामा दि आइटरीमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष भुसालले लमजुङ जेसीज २०२५ का पदाधिकारीहरु तथा सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यकारिणी उपाध्यक्ष भुसालले जेसीजको विधिविधान, आस्थ पाठ, मिसन र भिजन लगायत पदाधिकारीहरुको जिम्मेवारी बारेमा प्रशिक्षण दिनु भएको थियो ।
लमजुङ जेसीज २०२५ का कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले जेसीजको आस्था पाठ बाचन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक आयुष दिक्षितले स्वागत गर्नुभएको थियो । लमजुङ जेसीजका २० जना पदाधिकारीहरुको सहभाति रहेको तालिममा बर्ष २०२५ का महासचिव राजु गुरुङले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।