JCI Urlabari द्वारा ‘Love & Leadership Night’ भव्य रूपमा सम्पन्न

2025-02-15

Urlabari, १४ फेब्रुअरी २०२५ – JCI Urlabari द्वारा आयोजित ‘Love & Leadership Night 2025’ भ्यालेन्टाईन डेको विशेष अवसरमा The Vusechho, Urlabari मा भव्य रूपमा सम्पन्न भयो।


उपाध्यक्ष मिलन पोख्रेलको संयोजन रहेको उक्त कार्यक्रमलाई JCI Urlabari President JC Bhaitika Bhattarai ले टोष्ट गरेर औपचारिक रूपमा शुभारम्भ गर्नुभयो। कार्यक्रममा बर्ष २०२५ का बोर्ड पदाधिकारी र सदस्यहरु साथै उहांहरुका जोडीहरु सहभागी हुनुन्थ्यो। 


कार्यक्रममा JCI Urlabari का Board Advisors हरुले आफ्नो धारणा राख्दै JCI परिवार र व्यक्तिगत परिवारलाई अझ नजिक ल्याउने यस्ता कार्यक्रमहरूको महत्वबारे प्रकाश पार्नुभयो। यसै अवसरमा JCI Urlabari र अध्यक्षको तर्फबाट First Lady हरुलाई आफ्नै जेसी श्रीमान् हरुको हातबाट Token of Love प्रदान गरियो, जसले कार्यक्रममा थप उत्साह थप्यो।


औपचारिक कार्यक्रमलाई समापन गरी महासचिव जेसी रोशन घिमीरेले अनौपचारिक कार्यक्रम सञ्चालन का लागी संयोजक JC Milan Pokhrel, JC Hisma Agrawal र JC Sahima Agrawal लाई कार्यक्रम हेण्डओभर गर्नुभयो। सम्पूर्ण सहभागीहरूले कुनै न कुनै प्रस्तुति दिएर कार्यक्रमलाई झन् रंगिन बनाउनुभएको थियो। गजल वाचन, प्रेम कहानी, गीत तथा नृत्य प्रस्तुति जस्ता सांस्कृतिक गतिविधिहरू कार्यक्रमका विशेष आकर्षण बने।


कार्यक्रमको अर्को विशेष भाग केक काट्ने समारोह रह्यो, जसले सबैलाई एउटै लयमा बाँध्न थप सहयोग गर्‍यो। त्यसपछि उपस्थित व्यक्तिहरूले थ्री-कोर्स मील को स्वाद लिँदै एक आपसमा रमाइलो क्षणहरू बांड्नुभयो।


कार्यक्रमको अन्त्यतिर उत्कृष्ट सहभागिता देखाउने व्यक्तिलाई सम्मान गर्ने क्रममा ‘Star of the Night’ को उपाधि Member Growth Coordinator JC Bhupal Kafle लाई प्रदान गरियो।


JCI Urlabari President JC Bhaitika Bhattarai ले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।


कुल ४० जनाको सहभागिता रहेको यस कार्यक्रमलाई सबैले अत्यन्तै सफल र अविस्मरणीय अनुभव गरेका छन्। JCI Urlabari ले आगामी दिनहरूमा पनि यस्ता प्रभावशाली र प्रेरणादायक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।फोटो फिचरः

 


JCI News Archive