म्याग्दी जेसिज द्वारा आज मिति २०८१ फागुन ४ गते आइतबार तदनुसार 16 February 2025 का दिन सचिवालय मा प्रथम साधारण सभा सम्पन्न गरिएको छ।
म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ती को अध्यक्षता, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा पुर्व अध्यक्षिय क्लव का अध्यक्ष जेसि उत्तम कुमार कर्माचार्य, म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा
नेपाल जेसिज बर्ष-२०२४ का राष्ट्रिय अध्यक्षिय सल्लाहकार द्वय जेसि सुजन बरुवाल र जेसि बिरेन्द्र श्रेष्ठ
र म्याग्दी जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज बर्ष-२०२५ का उपाध्यक्ष जेसि सन्दिप खत्री को उपस्थिति रहेको साधारण सभा लाई शब्द द्वारा स्वागत म्याग्दी जेसिज का वरिष्ठ कार्यकारीणि उपाध्यक्ष जेसि सज्जन श्रेष्ठ ले गरेका थिए ! म्याग्दी जेसिज कि तालिम संयोजक जेसि सचिना सापकोटा ले आस्था पाठ बाचन को अगुवाई गरेकी थिईन।
सधाराण सभा बाट "२६ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम" र "जेसिज सदस्य बिमा कार्यक्रम" को प्रतिवेदन अनुमोदन सहित २०८१ फागुन ७ गते प्रजातन्त्र दिवस को अवशर मा "कारागार म्याग्दी मा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम"र "दिप प्रज्वलन कार्यक्रम" संचालन गरिने निर्णय गरिएको छ!