लेखनाथ जेसीजले सामुदायका ब्यक्ती र संघ संस्थाहरु बीच उचित वातावरणमा आवश्यक सहयोग आदानप्रदान गर्ने उदेश्यका साथ आफ्नो २७ औ स्थापना दिवसको अवसरमा पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टर प्रा. लि न्युरोड, पोखराको प्राविधिक सहयोगमा मिति २०८१/११/ ०५ गते दन्त शिविर सम्पन्न गरेको छ ।
पोखरा–२७ स्थित रामज्योति माध्यमिक बिद्यालय प्राङ्गणमा राखिएको शिविरमा बिद्यालयका १९५ जना छात्र छात्रा र शिक्षक शिक्षिकाहरुले परिक्षण गरेका थिए जहाँ दाँतको परामर्श, सरसफाई, दात निकाल्ने, दाँत भर्ने र नि:शुल्क औसधी र कक्षा ४ सम्म बिद्यार्थीहरुलाई निशुल्क दाँत माझ्ने ब्रस वितरण गरिएको थियो ।
स्वस्थ र सफा दाँत , सुखी जीवन भन्ने उदेस्यका साथ सुरु भएको कार्यक्रममा आफ्नो २७ औँ वार्षिकाेत्सव अवसरमा केक काटेर कार्यक्रमको भव्यताका साथ समुद्घाटन गरे लगत्तै पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टर प्रा. लि कि डा. नमुना घिमिरेज्युलाई मेडिकल सामग्री प्रदान गरि सुरु भएको कार्यक्रममा लेखनाथ जुनियर जेसीजकी अध्यक्ष जु. जेसी शोभा के. सी, पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रा. ली की डाइरेक्टर सीता श्रेष्ठ, रामज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गुमनाथ लामिछाने, लेखनाथ जेसीजका पूर्व अध्यक्ष जेसी चन्द्र प्रकाश ढुङ्गाना, लेखनाथ जेसीज का निवर्तमान अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२५ का MTOT coordinator जेसी प्रकाश राईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष श्री नरेन्द्र थापा ज्यूले आफ्नो प्रमुख अतिथिको मन्तव्य राख्दै जेसीजले गरेको योगदानको प्रशंसा गर्दै समय अनुसार नेतृत्व निर्माण गर्न सक्ने एक मात्र संस्था जेसीज रहेको जानकारी गराउनु भयो ।
लेखनाथ जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी कृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी सुशील ढुङ्गाना, आस्था पाठ लेखनाथ जुनियर जेसीजकी महासचिव जु.जेसी रितिका सुवेदी, र धन्यवाद सहितको कार्यक्रम समापन सभाध्यक्ष जेसी कृष्ण तिवारी र कार्यक्रम सञ्चालक महासचिव जेसी सर्वेन्द्र न्यौपानेले गरेका थिए ।