राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा त्रिभुवननगर जेसीजको आयोजनामा त्रिभुवननगर जेसीज सचिवालय अगाडि दीप प्रज्ज्वलन गरिएको छ । त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष जेसी टंक रावत अनन्तको अध्यक्षतामा सम्पन्न दीप प्रज्ज्वलन कार्यक्रममा त्रिभुवननगर जेसीजका निवर्तमान अध्यक्ष जेसी रविकिरण के.सी., पूर्व अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०२५ का National Skill Development Committee, Chairperson विवेक आचार्य, पूर्व अध्यक्षहरु जेसी मुकेश्वर शर्मा, जेसी माधव प्रसाद पौडेल लगायत त्रिभुवननगर जेसीज परिवारको सहभागिता रहेको थियो ।