मिसन रेड अन्तर्गत माडी जेसीज ले बृहत रक्तदान कार्यक्रम सम्पन्न

2025-02-19

मिसन रेड अन्तर्गत माडी जेसीज,ब्लड डोनर्स सोसाइटी नेपाल माडि नगर कमिटि,माडि नगर महिला योग समिति र सृजनशिल महिला समुहहरुको सयुक्त आयोजनामा माडि स्थित बसन्तपुर बजारमा माडी जेसिज बर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट अध्यक्षतामा बसन्तपुरमा  सम्पन्न भएको छ । 


कार्यक्रमको प्रमुख अतिथि बाग्मती प्रदेश सदस्य माननीय ठाकुर ढकाल ज्यु बिशिस्ट अतिथिमा वडा न ३ का अध्यक्ष पुरन महत्वो अतिथीहरुमा भागिरथ वस्याल ,कृष्नहरी अधिकारी,गोविन्द नेपाल ,डोलनाथ आचर्य, ओमनाथ पान्डे,रेशमलाल आचर्य, रमेश नेपाली राकेश चौधरी यसैगरी कार्यक्रम संयोजक माडी जेसिज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी हरी लम्साल ,जेसी सन्तोष तिवारी जेसी राम बहादुर पोखरेल लगायत उपस्थिति रहेको थियो ।


कार्यक्रममा माडी जेसीज का मानर्थ सदस्य भागीरथ बस्याल ज्यु स्वागत मन्तब्य राख्नुभएको थियो। प्रमुख अतिथि ज्युबाट ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम सुरुवात गरिएको थियो। नगरपालिका को जनसंख्या को आधारमा माडी नगरपालिकामा धेरै रक्तदाता भएको नगरपालिका भएको जिकिर गर्नुभयो थियो ।

बृहत रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने २३ जना सहित रक्तदाता जसमा महिला २८ र पुरुष ३५ गरि ६३ जना को उल्लेखनिय सहभागी भई रक्तदान सम्पन्न भएको छ । सम्पुर्ण रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाता हरुलाई धन्यवाद र यस कार्यक्रम मा सहयोग गर्नुहुने सम्पूर्ण लाई विशेष आभार साथै गोल्डेन ईमिनेट ईन्टरनेशनल प्रा. लि का सन्चालक प्रकाश क्षेत्री रिजाल द्वारा टिसर्ट प्रार्दान गरि अझै उत्कृष्ट बनाउन मदत गर्नुभएको मा विशेष धन्यवाद तथा आभार प्रकट गर्दछौ।


जय जेसीज ! जय माडी ! जय युवा



JCI News Archive