माडी जेसीज र प्रदेश युवा परिषद् बिच समझदारी पत्र (MOU) कार्यक्रम सम्पन्न

2025-02-20



माडी जेसीज वर्ष २०२५ को प्रकरण “समुन्नत समाजका लागी नेतृत्व” लाई आत्मसाथ गर्दे आपसी हितका निम्ति केही संस्थाहरु संग समझदारी पत्र (MOU)गरी विभिन्न उघमशीलता सम्बन्धी तालिम संचालन गर्ने साझेदार गरि माडीमा छरिएररहेका १८-४० बर्ष युवा समुहहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने प्रतिब्दताका साथ लाभ पुर्याउने गरी "समझदारी पत्र साझेदारी" गरिएको छ। 

यसै अन्तर्गत प्रदेश युवा परिषद् र माडी जेसीजलाई विभिन्न कार्यक्रम समन्वय गर्नेगरि हामी संग साझेदार को रुपमा जोडिनुभएकोमा प्रदेश युवा परिषद् चितवन जिल्ला अध्यक्ष श्री रामचन्द लम्साल र माडी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट ज्युले संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।

विशेष उपस्थिति नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी सुवास गौतम ज्यु र माडी जेसीज बर्ष २०२५ का कानुनी सल्लाकार, महासचिव,उपाध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो । 

माडी जेसीज यॅंहालाई आभार प्रकट गर्दे यहाँको उघमशीलता थप उचाइमा पुर्याउन हाम्रो प्रातिवद्ता रहने कुरा बिश्वास दिलाउन चाहन्छौ।


जय युवा  जय जेसीज जय माडी 

JCI News Archive