“ जेसी हिरोकी टोमोरी सान ज्यूलाई स्वागत तथा सम्मान कार्यक्रम ”

2025-02-25

सदिक्षा घिमिरे

सौराहा । यहि मिति २०८१/११/१२ गतेका दिन सौराहा लेडी जेसिज द्धारा नेपाल जेसिजका लागी निरुपीत उपाध्यक्ष “ जेसी हिरोकी टोमोरी सान ज्यूलाई स्वागत तथा सम्मान कार्यक्रम ” जेसी दिक्षा रिजाल ज्युको अध्यक्षतामा सु–सम्पन्न गरियो । 

यस कार्यक्रममा विशिष्ट अतिथि कीर्तिपुर जेसिज वर्ष २०१३ का अध्यक्ष जेसी निरोज महर्जन, अतिथिहरु नारायणगढ जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी रविन्द्र कुमार श्रेष्ठ, कानुनी सल्लाहाकार जेसी सन्तोष पण्डित, कोषाध्यक्ष जेसी राम बाबु पुडासैनी र सौराहा लेडी जेसिजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रत्ननगर नगरपालिका वडा नं. ६, ईको एड्भेन्चर रिसोर्टमा आयोजना गरिएको थियो ।

JCI News Archive