शुक्लागण्डकी जेसीजको पदाधिकारी तालिम सम्पन्न ।

2025-02-25

  शुक्लागण्डकी जेसिज द्वारा मिति  २०८१ माघ १२ गते शनिबार  का दिन जेसिज सचिवालयमा शाखा पदाधिकारीहरुको उल्लेखनिय सहभागितामा तालिम सम्पन्न गरिएको छ। तालिम मा प्रमुख प्रशिक्षक को भुमिका नारायणगढ  जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय उपाध्यक्ष जेसि अमर घिमिरको  प्रमुख प्रशिक्षणमा सम्पन्न भएको थियो । 


           उद्घाटन समारोह मा  शुक्लागण्डकी जेसिज  का शाखा अध्यक्ष जेसि प्रकाश बि.क को अध्यक्षता,  शुक्लागण्डकी जेसिज  का पुर्व अध्यक्षहरु जेसि सुजन श्रेष्ठ, 

 जेसि मनिष श्रेष्ठ, जेसी कृष्ण बहादुर श्रेष्ठ, जेसि शिव बहादुर बि.क तथा जेसि इश्वर श्रेष्ठ तथा नारायणढ जेसिजका पुर्व अध्यक्ष बासुदेव दवाडीको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

JCI News Archive