शुक्लागण्डकी जेसिजका २०२५ का अध्यक्ष जेसि प्रकाश बि.क को अध्यक्षतामा मिति २०८१।११।०७ गते प्रजातन्त्र दिवसको दिन यस शुक्लागण्डकी जेसीजको अयोजनामा ू युवा विदेश पलायन देशको दिर्घ रोग हो, पलायन रोगको न्यूनीकरण का लागि मिनि म्याराथन , सबैले सँगै भगवान सँग पर्थाना गरौं ू भन्ने मुल नाराका साथ प्रथम शुक्लागण्डकी जेसीज मिनि म्याराथन २०८१ शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा रहेको मुक्तिनाथ च्यावनधाम बाट शुक्ला गण्डकी नगरपालीका वडा नम्बर ९ मा रहेको ढोरबाराही मन्दिर सम्मको ५ किलोमिटर सु सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालीका भित्रका ११ विधालयका ७० विधार्थीको सहभागीता रहेको कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुम बहादुर बि।क राजु, विशिष्ट अतिथि नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य माधव भट्टराई, शुक्लागण्डकी नगरपालीका वडा नम्बर ३ का वडाध्यक्ष सचिन भुजेल, अतिथि मातृशाखा लेखनाथ जेसीजका निर्वतमान अध्यक्ष प्रकाश राइभाट, शुक्लागण्डकी नगरपालीका स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर थापा, ट्राफीक इन्चार्ज इन्द्र सारु, शुक्लागण्डकी जेसीजका पुर्व अध्यक्ष रविन्द्र पौडेल, युवराज भट्टराई, विनोद राउत, मदन श्रेष्ठ , शुक्ला न्युजका प्रबन्धक हरि खरेल, शुक्लागण्डकी एफ एम का स्टेशन म्यानेजर राजन उपाध्याय, तनहुँ खबर राष्ट्रिय दैनिकका विनोद ढुंगाना तथा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न संघ संस्थाका प्रतिनितिहरुको उपस्थीत रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका उप प्रमुख खुम बहादुर बि।क राजु, विशिष्ट अतिथि नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य माधव भट्टराई, अतिथि मातृशाखा लेखनाथ जेसीजका निर्वतमान अध्यक्ष प्रकाश राइभाट, विनोद राउत ले बोल्नुभएको थियो । कार्यक्रममा जेसिज आस्था पाठ २०२५ का सहसिचव सुनिल श्रेष्ठले गराउनुभएको थियो । कार्यक्रममा मुल संयोजक कार्यकारीणी उपाध्यक्ष मदन सिग्देलले स्वागत तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रम संचालन माहासचिव जेसि सुशिल थापा भुजेलले गर्नुभएको थियो ।
प्रथम शुक्लागण्डकी जेसीज मिनि म्याराथनमा छात्रतर्फ गाउँफर्कोदय माध्यमिक विद्यालयका दिपेश थापा प्रथम भएका छन् । ११ विद्यालयका ७० जना धावकलाई पछि पार्दै दिपेश प्रथम भएका हुन् । उनले ५ किलोमिटर दौड २२ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । जितसंगै दिपेशले नगद ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी दौड प्रतियोगिता पञ्चमुनिदेव माध्यमिक विद्यालयका भोजबहादुर गैह्रे र सुरज हमालले क्रमशः द्धितीय र तृतीय भएका छन् । गैह्रेले निर्धारित दुरी २३ मिनेट ३८ सेकेन्डमा पार गरेका थिए भने हमालले निर्धारित दुरी २३ मिनेट ४० सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा नेपाल पुलिस स्कुलका अंकित रानाभाटले निर्धारित दुरी २३ मिनेट ५६ सेकेन्ड पार गर्दै सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिता द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार १ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।दौड प्रतियोगितामा छात्रातर्फ तालवेसी माध्यमिक विद्यालयकी सपमा परियार प्रथम भएकी छिन् । उनले ५ किलोमिटर दौड ३१ मिनेट ४६ सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् । छात्रातर्फ सहभागी ४ खेलाडीलाई पछाडि पारेकी परियारले नगद २ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
कार्यक्रममा सहभागी सम्पुर्ण विधार्थी, शिक्षक शिक्षिका, प्रहरी प्रशासन, पत्रकारहरू, २०२५ बोर्डका साथीहरु, पुर्व अध्यक्षहरु, एम्बुलेन्स उपलब्ध गराउने शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा , नर्स उपलब्ध गराउने तनहुँ सेवा हस्पिटल, उपस्थीत प्रमुख अतिथि तथा अतिथिहरु , खाजा व्यवस्थापनमा सहजिकरण गर्ने संयोग कटेज लगायत सबैलाई धन्यवाद ।