नवौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह

2025-02-25
मिति २०८१ साल फागुण ०३ गते शनिबारका दिन कमलनगर जेसिजको नवौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । कमलनगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि देविप्रसाद दाहालज्यूको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीमा कमल गाँउपालिका श्रद्धेय अध्यक्ष श्री हुकुमसिंह राईज्यू रहनु भएको थियो भने विशिष्ट अतिथिमा कमल गाँउपालिकाका श्रद्धेय उपाध्यक्ष श्री प्रमिला न्यौपानेज्यू र एकिकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष तथा नेपाल सरकारका उपसचिव श्री मोहनकुमार घिमिरेज्यू हुनुहुन्थ्यो । अतिथिहरुमा कमल गाँउपालिकाका वडा अध्यक्षज्यूहरु, नेपाल जेसिज वर्ष २०२४ र २०२५ का शाखा अध्यक्षज्यूहरु, मातृशाखा दमक जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि रामचन्द्र अधिकारी र वर्ष २०२५ का अध्यक्ष जेसि सहदेव भट्टराईज्यू, विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु रहनुभएको थियो ।
अन्त्यमा, कमलनगर जेसिजको निमन्त्रणालाई सहर्ष स्विकार गरि कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न पाल्नुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, साथै सम्पूर्ण आदरणिय शुभेच्छुक महानुभावज्यूहरुमा हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं ।
समस्त कमलनगर जेसिज परिवार
JCI News Archive