Joint Board Meeting

2025-02-25
मिति २०८१ साल फागुण ०४ गते आईतबार विहान ठिक ८ः०० बजे देखि कमलनगर जेसिजको निर्माणधिन भवनमा कमलनगर जेसिज वर्ष २०२४ को बोर्डको पदाधिकारी र वर्ष २०२५ को बोर्डका पदाधिकारीबीचको बोर्ड बैठकको पहिलो सत्रमा वर्ष २०२४ का अध्यक्ष जेसि देविप्रसाद दाहालको अध्यक्षतामा सञ्चालन भएको थियो ।
कमलनगर जेसिज वर्ष २०२४ का कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षले वर्ष २०२५ का कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षलाई कार्यविवरणको प्रतिवेदन सहित पदहस्तान्तरण भएको थियो भने दोश्रो सत्रमा कमलनगर जेसिजको वर्ष २०२५ का अध्यक्ष जेसि भिम अधिकारीले चेयर हस्तान्तरण पश्चात आवश्यकीय ६ वटा प्रस्तावहरुलाई निर्णय गरेको थियो ।
JCI News Archive