** स्व. जेसी नवराज कार्कि स्मृति बक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।**

2025-02-25
स्व. कार्कि भेरीगंगा जेसीजका संस्थापक उपाध्यक्ष, बर्ष २०२१ का महासचिव र २०७४ साल को स्थानिय चुनाव बाट निर्वाचित भेरीगंगा नगरपालीका वडा नं. १ का पहिलो वडा अध्यक्ष समेत थिए। उहाँको निधन सवारी दुर्घटनामा भएको थियो। उहाँको सम्झनामा भेरीगंगा जेसीजले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ र प्रतियोगीता लाइ भेरीगंगा जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी गोपि प्रसाद शर्मा ले आर्थिक सहयोग गदै आउनुभएको छ ।
यो वर्षको प्रतियोगिता "EMPOWER YOUTH, STRONGER COMMUNITIES" थिममा भेरीगंगा नगरपालिका वडा नं. २ को सामुदायिक माध्यामिक विद्यालय मोहटीमा भेरीगंगा जेसीज बर्ष २०२५ र नवराज स्मृति प्रतिष्ठान ले संयुक्त आयोजना गरिएको थियो। यहाँ ६ वटा विद्यालयका ६ जना विद्यार्थीले भाग लिए।
कार्यक्रमको संयोजन भेरीगंगा जेसीज वर्ष २०२५ का सहकोषाध्यक्ष जेसी झक बहादुर खत्रीले गर्नुभएको थियो। यस कार्यक्रमको अध्यक्षता भेरीगंगा जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मुक्तिराम तिवारीले गर्नुभयो। प्रमुख अतिथि भेरीगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष चिरञ्जिबि बुढा ज्यु हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा भेरीगंगा जेसीज कोपूर्व अध्यक्ष जेसी रामु सुबेदी, नवराज स्मृति प्रतिष्ठानका अध्यक्ष सम्झना कार्कि र स्व. नवराज कार्कि का दाजु नन्द बहादुर कार्कि र वर्ष २०२४ का अध्यक्ष तथा वर्ष २०२५ का IPP जेसी गणेश बहादुर वली लगायत विद्यालय प्र.अ./शिक्षक हरुको आतिथ्यतामा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान ने.रा.आ.बि. मुरलिखोला की पवित्रा खत्रीले, दोस्रो स्थान सूर्य ज्योती मा.बि. हर्रे की भावना खत्रीले र तेस्रो स्थान ने.रा.आ.बि. अमिलाचौर की दिपा खड्का ले हासिल गर्नुभएको थियो।
विजेताहरुलाई प्रमुख अतिथि चिरञ्जिबि बुढा द्वारा पुरस्कार वितरण गरिएको थियो। साथै, प्रमुख अतिथि तथा सम्पुर्ण बिषेश अतिथिहरु तथा अध्यक्षता ग्रहन गर्नुभएका भेरीगंगा जेसीज का अध्यक्ष ज्यु ले स्व. नवराज कार्कि प्रति सम्झदै बिजय हासिल गर्ने सबैलाई शुभकामना तथा उप बिजेता सबैलाइ आगामी दिन मा थप तयारी गर्न शुकामना दिदै कार्यक्रम संयोजक बाट कार्यक्रम मा पाल्नुहुने तथा यस कार्यक्रम को आयोजना को लागी प्रङ्गण उपल्वध गराउने बिध्यालय लाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

JCI News Archive