मनोहरा जेसीज बर्ष २०२५ को एकदिने प्री-ईन्डक्सन तालिम सम्पन्न

2025-03-07

मनोहरा जेसीज बर्ष २०२५ ले नयाँ आगन्तुक सदस्यहरुका लागि आयोजित एकदिने प्री-ईन्डक्सन तालिम सम्पन्न गरेको छ । मनोहरा जेसीज बर्ष २०२५ का अध्यक्ष जेसि उमेश भट्टराईको अध्यक्षता तथा नेपाल जेसीज बर्ष २०२५ का रास्टृय तालिम आयुक्त जेसि राजाराम गौतमको प्रमुख प्रशिक्षणमा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा मनोहरा जेसीजका पुर्व अध्यक्ष जेसि सुजिन प्रकाश थापाले तालिममा सहभागीलाई स्वागत गर्नुभएको थियो ।उद्घाटन कार्यक्रमको सहजीकरण बर्ष २०२५ का सचिव जेसि दिपेश तिखत्रीले गर्नु भएको थियो ।

तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल जेसीज बर्ष २०२५ का रास्टृय तालिम आयुक्त जेसि राजाराम गौतमले जेसीज के हो? जेसीजका क्षेत्रहरु, जेसीज तथा नेपाल जेसीजको ईतिहास आदिका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

तालिम समापन कार्यक्रममा मनोहरा जेसीजका निबर्तमान अध्यक्ष जेसि अस्मिता बोहराले मनोहरा जेसीजको आमन्त्रणलाई स्वीकार गरि तालिम प्रदान गर्न आउनु भएकोमा तालिममा सहभागी सम्पूर्ण सदस्यलाई धन्यवाद प्रदान गर्नु भयो । एकदिने प्री-ईन्डक्सन तालिमको समापन कार्यक्रमको सहजीकरण मनोहरा जेसीज बर्ष २०२५का कानुनी सल्लाहकार जेसि रुपेश खनालले गर्नु भएको थियो । तालिम कार्यक्रममा बर्ष २०२५ का १३ जना नयाँ सदस्य तथा ९ जना पदाधीकारी गरि जम्मा २२ जनाको सक्रिय सहभागीता रहेको थियो ।

JCI News Archive