पर्वत जेसीज वर्ष-२०२५ को तेस्रो सञ्चालक समिति बैठक सम्पन्न

2025-03-08

पर्वत जेसीज वर्ष-२०२५ द्वारा आज मिति २०८१ फाल्गुन २३ गते (March 7, 2025) शुक्रबार का दिन  सञ्चालक समितिको तेस्रो बैठक सम्पन्न भएको छ। बैठकमा पूर्व बैठक माइनट अनुमोदन, Lom Academy Training समीक्षा, महाशिवरात्री प्रसाद वितरण कार्यक्रम समीक्षा, सदस्यता नवीकरण, नयाँ प्रस्तावित सदस्य आह्वान, होली मिलन कार्यक्रम आयोजना, मल्टिच्याप्टर तालिम, तथा नव वर्ष २०८२ को क्यालेन्डर प्रकाशन सम्बन्धी छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको थियो। बैठक पर्वत जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी अच्युत पौडेल को अध्यक्षतामा बैठक संचालन भएको थियोे बैठकमा पर्वत जेसीजका पदाधिकारी तथा सदस्यहरू को उपस्थिति रहेको थियो, जसमा निम्न उपस्थितिहरू प्रमुख थिए :

अध्यक्ष: जेसी अच्युत पौडेल, कानुनी सल्लाहकार : अमृत प्रसाद पोखरेल महासचिव: जेसी प्रवेशराज पुरी का.का.उपाध्यक्ष : जेसी शर्मिला पौडेल उपाध्यक्ष: जेसी अर्जुनराज पुरी उपाध्यक्ष: जेसी पवन श्रेष्ठ ,सहसचिव: जेसी दिपेश बी. पोख्रेल सह-कोषाध्यक्ष: जेसी बिजन श्रेष्ठ मिडिया संयोजक: जेसी लक्षमण सुनार निर्देशक: जेसी अजय पोखरेल निर्देशक: जेसी गौतम पौडेल बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन एवम् महाशिवरात्री प्रसाद वितरण कार्यक्रमकको उत्कृष्ट सम्योजन गर्नु भएकोमा संयोजक जेसी अर्जुन राज पुरीलाई सम्मान गर्दै बैठक समापन गरिएको थियो।


JCI News Archive