११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिभुवननगर जेसीजको कफी टक शो सम्पन्न

2025-03-08

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिभुवननगर जेसीजले आयोजना गरेको महिला सशक्तीकरण नीतिबाट व्यवहारसम्म विषयमा कफी टक शो त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावतको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख वक्ताहरुको रुपमा माननीय शान्ता चौधरी, माननीय दामा शर्मा र महिला अधिकारकर्मी श्री विमला योगी रहनुभएको थियो । 

अधिकार प्राप्तिका लागि नेपाली महिलाहरुले ठूलो संघर्ष गरेको भन्दै नेतृहरुले नीतिको व्यवहारिक परिवर्तनका गाउँगाउँसम्म अधिकार सचेतना चलाउनुपर्नेमा जोड दिए । महिलाहरूका लागि बनेका कानूनी र नीतिगत संरचनाहरू अझै पूर्णरूपमा व्यवहारमा लागू नभएको भन्दै नेतृहरुले एउटै स्वरमा भने, “महिला अधिकारलाई व्यावहारिक रूपमा लागू गर्न राजनीतिक नेतृत्व र महिला अधिकारकर्मीहरूको संयुक्त प्रयास आवश्यक छ ।

JCI News Archive