८ मार्च – ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस भेरीगंगा जेसीज र अन्य ६ वटा संघ संस्थाहरूको समन्वयमा तथा भेरीगंगा नगरपालिका वडा नं. ११ को आयोजनामा भव्य रूपमा सम्पन्न गरीयो।
यस कार्यक्रमको आयोजना भेरीगंगा नगरपालिका वडा नं. ११ को कार्यालयमा गरिएको थियो। कार्यक्रमको संयोजक भेरीगंगा जेसीज को सदस्य जेसी मिना शाहि र अध्यक्षता भेरीगंगा न.पा. ११ का महिला सदस्य श्रीमती बलिसरा खत्री ले गर्नुभएको थियो। नगर उपप्रमुख श्री धनसरा बोहोरा प्रमुख अतिथि को रुपमा उपस्थिति हुनुहुन्थियो। कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, विद्यालय, टोल विकास समितिका सदस्य, र यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कविता प्रतियोगिता, लोक गीत प्रतियोगिता, कुर्ची दौड प्रतियोगिता, र विभिन्न नाटकहरू प्रस्तुत गरिएको थियो। साथै, भेरीगंगा नगरपालिका नगर वडा सदस्य श्री बलिसरा खत्री र श्री भिमा बि.क लाई स्थानीय सरकारमा रहँदै महिला अधिकारको पक्षमा उत्कृष्ट कार्य गर्नुभएकोमा भेरीगंगा जेसीज लगाएत का संघ संस्थाको तर्फ बाट सम्मानित पनि गरियो।
यस अवसरमा महिलाहरूको योगदान र समानताको महत्त्वलाई जोड दिइएको थियो, र कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा सबै सहभागीहरू सम्पुर्ण प्रमुख अतिथि , अतिथि लगायत कार्यक्रम सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई कार्यक्रम संयोजक जेसी मिना शाहि ले धन्यवाद ब्यक्त गरी कार्यक्रम समापन गर्नुभयो ।

_1741487954.jpg)



