JCI उर्लाबारीको २८औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

2025-03-11

उर्लाबारी, चैत २६, March 10 — जेसीआई उर्लाबारीको २८औं स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जेसीआई उर्लाबारीका अध्यक्ष जेसी टिका प्रसाद भट्टराई (भाईटिका) को अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रमको संयोजकत्व जेसीआई उर्लाबारीका उपाध्यक्ष जेसी धिरज भारद्वाज निरौलाले गर्नुभएको थियो।


कार्यक्रमका प्रमुख अतिथि २००४ का जेसीआई उर्लाबारीका अध्यक्ष तथा २००९ का नेपाल जेसीजका उपाध्यक्ष प्रीतम खड्की रहनुभएको। खड्कीले आफ्नो मन्तव्यमा जेसीआई उर्लाबारीको ऐतिहासिक योगदान र नेतृत्व विकासमा यस संस्थाले खेलेको भूमिकालाई स्मरण गर्दै निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।


कार्यक्रममा पूर्व अध्यक्षहरू, बोर्डका पदाधिकारीहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले संस्थाले २८ वर्षको यात्रामा हासिल गरेको सफलताका पक्षमा चर्चा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमको अन्त्यमा केक काट्ने समारोह आयोजना गरिएको थियो। केक काट्दै अध्यक्ष भट्टाराईले भने, “हामीले यस्ता धेरै केकहरू काट्दै जानुपर्छ, यो हाम्रो निरन्तर प्रगति र सफलताको प्रतीक हो।”


कार्यक्रम अत्यन्त उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सदस्यहरूले जेसीआई उर्लाबारीका मूल्य र लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै संस्थालाई अझ उचाइमा पुर्याउने प्रतिज्ञा गरे।



JCI News Archive