माडी जेसीज दोस्रो सन्चालक समितिको बैठक मिति २०८१ फागुन २९ तद अनुसार २०२५ मार्च 13 विहिबार का गाउॅंले चुल्योमा माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाटज्यूको अध्यक्षतामा सम्पन्न भयो l
यस कार्यक्रम का प्रमुख अतिथी नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी सुवास गौतम रहनु भएको थियो साथै पूर्व अध्यक्ष जेसी शोभाखर अधिकारी र निबर्तमान शाखा अध्यक्ष जेसी संन्तोष भट्टराई ज्यूको उपस्थितिले कार्यक्रम गरिमा बढाएको थियो ।
माडी जेसीज बर्ष २०२५ का निर्दैशक जेसी सन्तोष तिवारी स्वागत मन्तव्य दिनु भएको थियो । विभिन्न एजेन्डा मा छलफल गरि विभिन्न निर्णयहरु क्यालेडर प्रकाशन, नेपाल जेसीज को आयोजना सन्चालनहुने बिजनेस सम्मेलन, रचनात्मक युवा उधमी CYE कार्यक्रम , चैते दैशै कार्यक्रम बिषयमा सर्वसम्मत निर्णय पास गरियो ।
माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाट ज्यू ले उपस्थिति माडी जेसीजका निवर्तमान अध्यक्ष जेसी सन्तोष भट्टराईज्यु पुर्व अध्यक्ष जेसी शोभाखर अधिकारी प्रमुख अतिथि नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष जेसी सुवास गौतम ज्यु तथा सम्पुर्ण बोर्ड पदाधिकारी ,सदस्य ज्युहरुलाई धन्यवाद ब्यक्त गर्दै दोस्रो सन्चालक समितिको बैठक समापन गर्नुभएको थियो ।