JCI उर्लाबारीको जेसीज सद्भाव होली मिलन कार्यक्रम भव्यरुपमा सम्पन्न

2025-03-14

१ चैत, उर्लाबारी – उर्लाबारी जेसीजको आयोजनामा शुक्रबार होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहान उर्लाबारी–७, स्कुलडाँडास्थित जेसीज स्तम्भमा आयोजित कार्यक्रमबीच होली मिलन कार्यक्रम सम्पन्न भएको हो।


उर्लाबारी जेसीज उपाध्यक्ष मिलन पोख्रेल को संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सहभागीहरूले होलीको शुभकामना आदानप्रदान गर्दै आपसमा रङ्ग लगाएर सद्भावपूर्ण होली मनाएका थिए।


कार्यक्रमको मुख्य आकर्षणका रूपमा हण्डी फुटाइ कार्यक्रम को आयोजना गरिएको थियो। सो खेलमा कृष्ण प्रदान विजयी भएका छन्। उनले नगदसहित सम्मान प्राप्त गरेका थिए। तर, उनले सो पुरस्कृत रकम आगामी दिनमा जेसीजले आयोजना गर्ने गरिब तथा अशक्तहरूलाई सहयोग वितरण गर्ने उद्देश्यले उर्लाबारी जेसीजलाई हस्तान्तरण गरेका छन्।


कार्यक्रममा उर्लाबारी जेसीजका अध्यक्ष भाइटिका भट्टराई को अध्यक्षता रहेको थियो। कार्यक्रममा उर्लाबारी नगरपालिकाका उप-प्रमुख मिना खतिवडा पौडेल, वडा नम्बर ७ की वडा अध्यक्ष उर्मिला थापा, उर्लाबारी जेसीजका पूर्व अध्यक्षहरू तथा जेसीज सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



JCI News Archive