म्याग्दी जेसिज को स्ववियु निर्वाचन केन्द्रीत उम्मेद्वार हरु को ककस कार्यक्रम सम्पन्न

2025-03-16

म्याग्दी जेसीजको आयोजना मा म्याग्दी बहुमुखी  क्याम्पसमा हुन गइरहेको स्वतन्त्र बिद्यार्थी यूनियन निर्वाचन केन्द्रीत उमेदवारहरु को ककस कार्यक्रम सम्पन्न भएको छ ।


स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने निकाय हो । क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा बुझिन्छ । विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो । स्ववियु राजनीतिकभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्थाका भएकाले विश्वविद्यालयमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा पनि लिइन्थ्यो । तर विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकी पुरानै प्रवृत्तिबाट अघि बढ्न खोज्दा स्ववियुको महत्त्व र आवश्यकता नै धराशायी हुन पुगेको छ ।स्वतन्त्र विद्यार्थी युनियन अर्थात् स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको साझा संस्था हो । स्ववियु नेतृत्व उत्पादन गर्ने थलो हो । शिक्षा क्षेत्रका समग्र समस्याको उठान गर्ने आन्दोलन हो । साथै, विद्यार्थीका दैनिक जीवनसँग जोडिएका समस्याहरुको सहज समाधानको उपयुक्त माध्यम हो भएकोले म्याग्दी जेसीजले नजिकिँदै गरेको चुनाव लाई लक्ष्यित गर्दै ककस कार्यक्रम को आयोजना गरेको हो।


म्याग्दी जेसीजको आयोजना मा  २०८१ चैत्र १ गते उमेदवारहरु को परिचयात्मक कार्यक्रम तथा ककस कार्यक्रम सम्पन्न गरेको छ ।२०८१ चैत्र ५ गते म्याग्दी बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन केन्द्रीत उमेदवारहरुको ककस मा अखिल क्रान्तिकारी उमेदवार तर्फबाट सभापति मा सन्दिप खत्री , नेपाल बिद्यार्थी संघ उमेदवार को तर्फबाट  सभापति मा संगम चोखाल क्षेत्री ,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन का उमेदवार तर्फबाट सभापति दिनेश खत्री र अखिल समजवादी को उमेदवार तर्फबाट  सभापति मा मनिषा दर्जी    ककस मा सहभागी भएका थिए ।


उक्त कार्यक्रम को अध्यक्षता म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी बिनोद घर्ती ले गर्नु भएको थियो भने कार्यक्रम संचालन म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी सन्दीप खत्री ले गर्नु भएको थियो ।साथै  म्याग्दी बहुमुखी क्याम्पस का संचालक समिति का अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,क्याम्पस प्रमुख श्रीधर सुवेदी,पुर्व क्याम्पस प्रमुख रामजी सुवेदी लगायत म्याग्दी जेसीजका पुर्व अध्यक्षहरु र पधाधिकारी का साथै अन्य शिक्षक र बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

JCI News Archive