विराटनगर जेसीजद्वारा किशोरीहरुका लागि आत्मसुरक्षा तालिम सम्पन्न l

2025-03-18

बिराटनगर  जेसीजले बिराटनगर -४ बरगाछी  स्थित गोग्राह माध्यमिक विधालयको कार्यक्रम हलमा बढ्दो हिंसा , दुर्ब्यवहार महिला प्रति  हुने अमानवीय गतिविधि न्यूनीकरणका निमित्त किशोरी हरुकालागि आत्मसुरक्षा तालीम सम्पन्न गरेको छ  । बिराटनगर  जेसीजका अध्यक्ष प्रितेश दाहालको  अध्यक्षतामा सम्पन्न किशोरीहरुका लागि आत्मसुरक्षा कार्यक्रममा बिराटनगर  जेसिज बर्ष १९९५ का अध्यक्ष शिव नारायण प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले  जेसीज नेतृत्व विकास सङ्ग सङ्गै  सामुदायिक क्षेत्रमा समेत  मन जित्ने कार्य गर्ने सस्था रहेको आफुले महसुस गरेको बिचार व्यक्त गर्नुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय मोरङ्ग सङ्गको समन्वयमा गरिएको उक्त कार्यक्रममा तालिम प्रशिक्षण प्रहरी  सहायक हवल्दार गोकुल श्रेष्ठ र प्रहरी जवान बेनिता मगरले प्रशिक्षण दिनुभएको थियो भने प्रहरी सहायक निरीक्षक तार्केश्वर स्वर्णकारको पनि उपस्थिति रहेको थियो । त्यसैगरी   बिराटनगर  जेसीजका अध्यक्ष दाहालले हरेक किशोरीहरुका लागि आत्मसुरक्षा प्रदान गर्नुपर्ने  प्रमुख दायित्व  सरकारको  भएको र त्यसमा  बिराटनगर  जेसीजले पनि समय समयमा समुदाय सङ्गै बिध्यालयहरु मा समेत  सरकारले पूरा गर्नुपर्ने दायित्व जेसीजले सङ्ग सगै निभाइरहेको बताउनुभयो  । बिराटनगर जेसीजका सदस्य निश्चल चौधरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बिराटनगर  जेसीजका समुदाय क्षेत्रतर्फका उपाध्यक्ष अनुज दाहाल र सोहि  बिध्यालयका  प्रधानाध्यापकले क्रमश स्वागत तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । बिराटनगर जेसीजले युवा नेतृत्व विकासमा मात्रै नभइ समुदाय क्षेत्रलाई पनि आवश्यकता अनुसार बिशेष योजना बनाई विभिन्न कार्यक्रम निरन्तर गर्ने  संस्थाका जन सम्पर्क अधिकारी अबिशेक गौतमले जानकारी दिनुभयो ।

बिराटनगर जेसीजले युवा नेतृत्व विकासमा मात्रै नभइ समुदाय क्षेत्रलाई पनि आवश्यकता अनुसार बिशेष योजना बनाई विभिन्न कार्यक्रम निरन्तर गर्ने संस्थाका जन सम्पर्क अधिकारी अबिशेक गौतमले जानकारी दिनुभयो ।

JCI News Archive