विराटनगर जेसीजले आफ्नो शाखा स्थापना दिवसको अवसरमा विराटनगरको एम्स कलेजमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फागुन २३, २०८१ (मार्च ७, २०२५) शुक्रबार आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा सोही कलेजका क्याम्पस प्रमुख शशांक पोखरेल रहनुभएको थियो।
विशेष अतिथिको रूपमा जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई विराटनगरका पूर्व अध्यक्ष जेसीआई सेन. फुल कुमार लालवानीको उपस्थिति रहेको थियो। कार्यक्रम जेसीआई विराटनगरका अध्यक्ष जेसी प्रितेश राज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। रक्तदान कार्यक्रममा एम्स कलेजका विद्यार्थीहरू तथा आमन्त्रित अतिथिहरूले रक्तदान गरेका थिए।
यस सफल आयोजनामा सहभागी तथा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अध्यक्ष जेसी प्रितेश राज दाहालज्युले रक्तदानजस्तो पुण्य कार्यले धेरैको जीवन बचाउन सक्ने उल्लेख गर्नुभयो l