पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम

2025-03-19

पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो । 

सद्भाव, प्रेम र हर्षोल्लासका साथ होली पर्व मनाइएको जेसिज पाल्पाका अध्यक्ष जेसी विवेककाजी शाक्यले बताए । साथीभाइहरुबिचको आत्मियतालाई थप बलियो बनाउन होली मिलन कार्यक्रम गरिएको  उनको भनाई छ ।  प्रेमभाव र आत्मीयता साट्नुको साथै साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गरिएको अध्यक्ष शाक्यले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ Nawajanchetana Daily

JCI News Archive