यही मिति २०८१ चैत ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुन गइरहेको २०८१ सालको एस.ई.ई परीक्षामा सहभागी हुने छात्राहरूलाई परीक्षा अवधिभर सहजीकरणका लागि लेखनाथ जेसीजले मिति २०८१ चैत्र ०६ गते साविक लेखनाथ नगरपालिका भित्र रहेका सातवटा परीक्षा केन्द्रहरू मध्ये छ वटा परिक्षा केन्द्रमा महिनावारीको समयमा महसुस हुने असहजताको कमीले छात्राहरूको आत्मविश्वासमा वृद्धि गर्ने र छात्राहरुलाई स्वास्थ्य, शिक्षा, र सामाजिक व्यवहारमा सकारात्मक प्रभाव पार्नमा महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यका साथ परिक्षा केन्द्रहरुमा लेखनाथ जेसीजले नि: शुक्ल सेनेटरी प्याडको ब्यवस्थापन गरेको छ ।