देवघाटधाम जेसीजले गर्यो निशुल्क दन्त शिविर

2025-03-21
 विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा २०८१ चैत्र ७ गते देवघाट -५ स्थित कालिका माध्यमिक विद्यालय परिसर देवघाटधाम जेसिजको आयोजना र छिम्केश्वरी डेन्टल क्लिनिकको सहकार्यमा विद्यार्थी र शिक्षकको निशुल्क दन्त परीक्षण कार्यक्रम गरि सम्पन्न गरिएको हो । सो दन्त शिविरमा शिक्षक र विद्यार्थी गरि जम्मा ३५१ जनाले दन्त परिक्षण गरिएको कार्यक्रम संयोजक तथा देवघाटधाम जेसीज वर्ष-२०२५ का निर्देशक जेसी सन्तोष सुवेदीले जानकारी दिए ।

उक्त कार्यक्रममा आफ्नो भनाइ राख्दै देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले जब सम्म हामी सानै देखि दात को स्वास्थ्य ख्याल गर्न सकिन्न यसले बङगारा र विभिन्न किराको समस्याले हामी बुढेसकाल सम्म पछुताउनु पर्ने अवस्था आएको छ । आफ्ना नानी बाबू एवम आफ्नो दातको ख्याल गर्न हुन र समस्या आएमा चिकित्सकको सल्लाह सुझाव अनुरुप उपाचार गर्न हुन सबैमा अनुरोध गर्नुभएको थियो । सो अवसरमा उचित तरिकाले दाँत माझ्ने तरिका र डेन्टल हाईजिनको बारेमा जानकारी दिँदै टुथ पेष्ट र ब्रस वितरण पनि थियो ।

उक्त शिविर कार्यक्रममा छिम्केश्वरी डेण्टल क्लिनिकका डा. प्रमिला गुरुङ र डा. एशिका गुरुङले चेकजाँच गरेका कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । साथै दन्त शिविर कार्यक्रममा देवघाटधाम जेसीजका बोर्डका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।
JCI News Archive