बिराटनगर जेसीजको "निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि सुमित्रा भट्टराईज्यु संगको स्वागत तथा अन्तरक्रिया कार्यक्रम" सफलतापूर्वक सम्पन्न

2025-03-25

मिति २०८१ साल चैत्र ११ गते (मार्च २४, २०२५) बिराटनगर जेसीजद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि सुमित्रा भट्टराईज्यु संगको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रम निकै प्रभावकारी रह्यो जहाँ नेतृत्व विकास, वृद्धि तथा जेसीजको भविष्यको दृष्टिकोण बारे महत्वपूर्ण छलफल भयो।
विशेष धन्यवाद जेसि सुमित्रा भट्टराई ज्यु लाई समय प्रदान गरी मार्गदर्शन गर्नुभएकोमा। साथै, कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण पदाधिकारी, पूर्व अध्यक्षज्यूहरू, सदस्यहरू तथा जेसीज परिवारलाई हार्दिक आभार!

JCI News Archive