पर्वत जेसीजद्वारा पर्वत जेसीजको आधिकारिक गीत सार्वजनिक

2025-03-27

पर्वत जेसीजले आफ्नो आधिकारिक गीत सार्वजनिक गरेको छ। हालै सम्पन्न मल्टिच्याप्टर कार्यक्रमका अवसरमा सो गीत विमोचन गरिएको हो।

यस गीतले पर्वत जेसीजको उद्देश्य, सामाजिक उत्तरदायित्व, नेतृत्व विकास, र समाज सेवाका पक्षलाई उजागर गर्नेछ। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरूले गीतको महत्वबारे चर्चा गर्दै यसले संस्थाको पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष (निरुपित) जेसी एलिना महर्जन रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा जेसी शौरभ श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष (निरुपित) जेसी अभिषेक दुलाल, राष्ट्रिय उपाध्यक्ष जेसी सन्दीप खत्री, तथा प्रमुख प्रशिक्षक जेसी रश्मि शिल्पाकार रहनुभएको थियो।

कार्यक्रममा पर्वत, बागलुङ, र म्याग्दी जेसीज शाखाका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूमध्ये पर्वत जेसीज अध्यक्षीय क्लब अध्यक्ष जेसी निर्मल विश्वकर्मा, तालिम प्रतिष्ठान संयोजक एवं पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अर्जुन प्रसाद चापागाई, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा पर्वत जेसीज बोर्ड अफ ट्रस्टिजका संयोजक सिनेटर विषम कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर बसन्त कुमार कर्माचार्य, सिनेटर हिमबहादुर पौडेल क्षेत्री, बागलुङ शाखा अध्यक्ष जेसी सुशान्त कृष्ण श्रेष्ठ, र म्याग्दी शाखा अध्यक्ष जेसी विनोद घर्ति लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

मल्टिच्याप्टर कार्यक्रममा विभिन्न क्षेत्रका जेसीज प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सोही अवसरमा पर्वत जेसीजले आफ्नो आगामी योजना र गतिविधिहरू पनि प्रस्तुत गरेको छ।

यो गीतले जेसीज सदस्यहरूलाई प्रेरित गर्ने र संस्थाको सन्देशलाई व्यापक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

https://youtu.be/TL4mhJiwz_8

JCI News Archive