शारदानगर जेसिज स्थापना दिवशको उपलक्ष्यमा फेलोसिप कार्यक्रम सम्पन्न । मिति २०८१/१२/२० तदानुसार 2April 2025बुधबार को दिन शारदानगर जेसिजको सचिवालयमा शारदानगर जेसिज द्वारा आयोजित शारदानगर जेसिज २६औ वसन्त पार गरेको उपलक्ष्यमा फेलोशिप कार्यक्रम अध्यक्ष जेसि लक्ष्मी के.सि ज्युको अध्यक्षतामा र प्रमुख अतिथि शारदानगर जेसिजका धरोहर बर्ष २००६का शाखा अध्यक्ष एवम बोर्ड अफ टसटिजका कोषाध्यक्ष आदरणीय समाजसेवी ब्याक्तित्व श्री तन बहादुर पुन ज्युको प्रमुख आतिथ्यता र विशिस्ट अतिथि वर्ष २०११का शाखा अध्यक्ष एवम नेपाल जेसिज बर्ष २०१६का तालिम आयुक्त एवम प्रमुख अध्यक्ष सल्लाहकार एवम नेपाल जेसिज वर्ष २०२५का रास्ट्रिय अध्यक्ष सल्लाहकार आदरणीय ब्याक्तित्व जेसि सोम प्रसाद भण्डारी ज्युको विशिस्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शारदानगर जेसिजका धरोहर पुर्व अध्यक्षज्युहरु ज्यु हरुमा बर्ष २००९का शाखा अध्यक्ष श्री तुलसीराम पाण्डे ज्यु र बर्ष २०१३का शाखा अध्यक्ष श्री गुन्जमान वि.क ज्यु र निबर्तमान अध्यक्ष जेसि भुवन सापकोटा ज्यु अतिथि ज्युहरुमा आदरणीय समाजसेवी ब्याक्तित्व श्री कमल सुवेदी ज्यु र शारदानगर जेसिजका अध्यक्ष ज्युका प्रथम पुरुष आदरणीय समाजसेवी ब्याक्तित्व श्री राजु के सि ज्युको गरिमामय उपस्थिति रहेको थियोे भने बोर्डका पदाधिकारी ज्युहरु र सदस्यज्युहरुको उपस्थितिमा स्थापना दिवशमा केक काटेर पुर्ब अध्यक्षज्यु हरु र बोर्डका पदाधिकारी ज्यु हरु बिच १९९९देखि हाल सम्म शारदानगर जेसिजमा भए गरेका सम्पूर्ण गतिविधि हरु र शारदानगर जेसिजको गर्बिलो इतिहासको बारेमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको थियो।उक्त कार्यक्रम संयोजक एवम कार्यक्रम संचालक जेसि दिपेश आचार्य रहनुभएको थियो भने सस्थाका उपाध्यक्ष जेसि अञ्जली बरुवाल ज्युले आस्था पाठ वाचन गर्नु भएको थियो । सम्पूर्ण पुर्ब अध्यक्ष ज्युहरु र बोर्डका पदाधिकारी ज्युहरुको उपस्थितिमा कार्यक्रम भब्य र सब्यताको साथमा सु -सम्पन्न भएको थियो ।