जेसीआई
सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालको संयुक्त आयोजनामा
श्रावण १९ गते देखी २५ गते सम्म जेसीज सप्ताह -२०१९ को पहिलो दिनको
कार्यक्रम अन्तर्गत समुद्धाटन एवंम् खुल्ला रक्तदान कार्यक्रम रवि पथ स्थित
पिस नाइट पार्टी प्यालेसमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर
राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी
पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९९४ को
अध्यक्ष सिनेटर महेन्द्र कुमार श्रेष्ठज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय
उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका
निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु ,सिद्धार्थ उधोग
बाणिज्य संघका अध्यक्ष श्रीमान् कुल प्रसाद न्यौपानेज्यु ,जेसीआई सिद्धार्थ
लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु
भएको थियो ।
कार्यक्रममा यस संस्था तथा जेसीआई
सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू
हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथि रहेको
थियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को
Sustainable Development अन्तर्गत रही आजको पहिलो दिनको कार्यक्रम Good
Health And Well-Being अन्तर्गत रक्तदान कार्यक्रम गरिएको थियो र सो
कार्यक्रममा ३१ पिन रगत संकलन भएको थियो ।
जेसीज
सप्ताह - २०१९ बारे जानकारी यस सप्ताहका सह निर्देशक जेसीआई सिद्धार्थ
लेडी, नेपालका सचिब जेसी प्रकृति उप्रेतीले गर्नु भएको थियो भने आस्था पाठ
शाखाका सदस्य जेसी प्रतिमा काफ्ले ज्यु ले गर्नु भएको कार्यक्रमको स्वागत
कार्यक्रम संयोजक जेसी अनुपा पाण्डेय ज्यु ले गर्नु भएको थियो भने
कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ, नेपालका महासचिव पंकज उदास ले गर्नु
भएको थियो ।