लेखनाथ जेसीजको नव बर्ष २०८२ भित्ते पात्राे बिमोचन कार्यक्रम सम्पन्न ।

2025-04-06

मिति २०८२ चैत  २४ गते तद्नुसार ०६ अप्रिल, २०२५ आइतबारको दिन  लेखनाथ  जेसीजले नव बर्ष २०८२को आफ्नो बार्षिक गतिविधि सहितको क्यालेन्डर बिमोचन कार्यक्रम पोखरा-२७ स्थित 7 Wonders Water Park and resort को सभाहलमा जेसीज सदस्यहरु बिच सम्पन्न गरेको छ! 


            लेखनाथ  जेसीजका शाखा अध्यक्ष जेसी कृष्ण तिवारीको अध्यक्षता  , लेखनाथ जेसीज बर्ष २००० का  अध्यक्ष श्री  सुमन भट्टराईको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । महासचिव जेसी सर्बेन्द्र न्यौपानेले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य शाखा सम्पादक तथा कार्यक्रम संयोजक जेसी सुशील ढुंगाना, जेसीज आस्था पाठ लेखनाथ जुनियर जेसीज महासचिव जु.जेसी रितिका सुबेदी, शुभकामना मन्तव्य लेखनाथ जुनियर जेसीज अध्यक्ष जु. जेसी शोभा के.सि, लेखनाथ जेसीजका पुर्व अध्यक्ष श्री अर्जुन ओझा (२०१६), जेसी सुजन न्यौपाने(२०२२) एवम् नेपाल जेसीज (२०२५) अध्यक्ष सल्लाहकार, जेसी चन्द्रप्रकाश ढुंगाना(२०२३), नि बर्तमान अध्यक्ष एवम् नेपाल जेसीज २०२५ MTOT coordinator जेसी प्रकाश राइ भाटले राख्नु भएको   थियो । 


      नव बर्ष २०८२ सालको  ३५० थान क्यालेन्डर छपिएको र उक्त क्यालेन्डरहरु  साबिक लेखनाथ नगरपालिकाको पर्यटकीय स्थल, जेसीज सम्बन्धी जानकारी मुलक सन्देश , आपतकालीन अवस्थामा अत्यावश्यक फोन नं र आफ्नो दैनिकी कार्यक्रमलाई सहज होस् भन्ने उदेश्यले नोट सहितको लेखनाथ जेसीजको क्यालेन्डर प्रकाशन गरिएको संयोजक  तथा शाखा सम्पादक जेसी सुशील ढुंगानाले जानकारी दिए!


प्रमुख अतिथि श्री सुमन भट्टराईज्युले लेखनाथ जेसीजले प्रत्येक बर्ष आफ्नो नियमित कार्यक्रम अन्तर्गत गर्ने कार्यक्रम मध्येको यो भित्ते पात्राे बिमोचन कार्यक्रमले सामाजिक क्षेत्र र  जेसीज सदस्यहरु बिच आपसि सम्बन्ध र बन्धुत्व को भावना बिकास गराउने हुनाले यसको छुट्टै महत्व भएको चर्चा गर्नु भयो! उक्त कार्यक्रमलाई धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन कार्यक्रमको सभाध्यक्ष तथा लेखनाथ जेसीजका अध्यक्ष जेसी कृष्ण तिवारीले गर्नु भयो ।

JCI News Archive