मिति २०८२ चैत २७ गते तद्नुसार ०९ अप्रिल, २०२५ बुधवार को दिन म्याग्दी जेसीजले नव बर्ष २०८२को आफ्नो बार्षिक गतिविधिसहितको क्यालेन्डर बिमोचन कार्यक्रम म्याग्दी जेसिजको सचिवालय मा जेसीज सदस्यहरु बिच सम्पन्न गरेको छ!
म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी बिनोद घर्तिको अध्यक्षता, नेपाल जेसिज बर्ष-२०२५ का रा. उपाध्यक्ष सन्दिप खत्रीको प्रमुख आतिथ्यता कार्यक्रम सु-सम्पन्न भएको थियो । कार्यक्रम संयोजक जेसी जेसी तेजेन्द्र बहादुर खत्रीले संचालन गर्नु भएकोकार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ का का उपाध्यक्ष जेसी सज्जन श्रेष्ठले राख्नुभयो भने जेसीज आस्था पाठ सह-सचिव गोकुल बि कले अगुवाई गर्नुभयो ,
नव बर्ष २०८२ सालको ३५० थान क्यालेन्डर छपिएको र उक्त क्यालेन्डरहरु जेसीज सम्बन्धी जानकारी मुलक सन्देश , आफ्नोदैनिकी कार्यक्रमलाई सहज होस् भन्ने उदेश्यले म्याग्दी जेसीजको क्यालेन्डर प्रकाशन गरिएको कार्यक्रम संयोजकले जानकारी दिए!
बिशिष्ट अतिथि सिनेटर रमेश कुमार श्रेष्ठ संस्थापक अध्यक्ष ज्यूले प्रत्येक बर्ष आफ्नो नियमित कार्यक्रम अन्तर्गत गर्ने कार्यक्रम मध्येकोयो भित्ते पात्रो बिमोचन कार्यक्रमले सामाजिक क्षेत्र र जेसीज सदस्यहरु बिच आपसि सम्बन्ध र बन्धुत्व को भावना बिकास गराउने हुनालेयसको छुट्टै महत्व भएको चर्चा गर्नु भयो! उक्त कार्यक्रमलाई धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन कार्यक्रमको सभाध्यक्ष तथाम्याग्दी जेसीजका अध्यक्ष जेसी बिनोद घर्तिले गर्नु भयो ।