होली मिलन कार्यक्रम

2025-04-13

 २०८१ साल चैत्र १ गते शुक्रबारका दिन दमक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम दमक जेसीजको सचिबालयमा दमक जेसीजका पूर्ब अध्यक्ष तथा दमक नगरपालिकाका उपमेयर जेसी रेगिना भट्टराई प्रसाईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशिष्ट अतिथि दमक जेसीजका पूर्ब अध्यक्ष/ दमक जेसीजका संस्थापक सदस्य तथा नेपाल जेसीजका पूर्ब राष्ट्रिय उपाध्यक्ष जेसी पदम कोईरालाज्यू, दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सल्लाहाकार तथा पूर्ब अध्यक्ष जेसी चन्द्र खत्रीज्यू, दमक जेसीजका निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२५ का JCI Debate & public speaking competition committee chairperson जेसी रामचन्द्र अधिकारीज्यू, दमक जेसीजका पूर्ब अध्यक्ष तथा BOT अध्यक्ष जेसी गन्ज बहादुर दाहालज्यू, दमक जेसीजका अध्यक्षहरू जेसी लोक बहादुर अधिकारीज्यू, जेसी गोबिन्दराज कट्टेलज्यू, जेसी सुयोग खरेलज्यू, जेसीआई सिनेटर राजकुमार भट्टराईज्यू, जेसीआई सिनेटर मैना दाहालज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बिशेष अतिथि श्री बशिष्ट संस्कृत गुरुकुल बिध्यापिटका पूर्ब प्राचार्य पंडित चेतन आचार्यज्यूले होली पर्बको महत्व तथा इतिहास बारे जानकारी सहित शुभकामना मन्तब्य राख्नुभएको थियो। कार्यक्रम संयोजन दमक जेसीजका उपाध्यक्ष जेसी सुमन कुमालले गर्नुभएको थियो भने जेसी सन्ध्या बरालले जेसीज आस्था बाचन गर्नुभएको थियो ।यसरी होली मिलन कार्यक्रम एकअर्काबीच रंग साटासाट तथा शुभकामना आदानप्रदान गरी समापन गरियो ।


  


      

जेसी राजेन्द्र बिमली

महासचिब,दमक जेसीज




JCI News Archive