२०८१ साल चैत्र २३ गते शनिबारका दिन नेपाल जेसीजको आयोजनामा हुन गईरहेको JCI Nepal Creative Young Entrepreneur(CYE) कार्यक्रमका लागि प्रत्येक शाखाबाट एक जना उत्कृष्ट युवा उद्यमीलाई छनोट गरी सिफारिस साथ नेपाल जेसीज पठाउन परिपत्र भएको हुदा सो छनोट कार्यक्रम दमक-४, कृष्ण मन्दिर स्थित होटल नर्बदाको सभाहलमा दमक जेसीजका पूर्ब अध्यक्ष तथा Board of Trustees का अध्यक्ष जेसी गन्ज ब.दाहालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा दमक जेसीजका निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२५ का JCI Debate & public speaking competition committee chairperson जेसी रामचन्द्र अधिकारीज्यू, दमक जेसीजका पूर्ब अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२५ का National NGO/INGO committee chairperson जेसी कमल कट्वालज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा दमक जेसीजका सदस्य तथा दाजुहरूको चिया अड्डाका सन्चालक जेसी दिपेश दाहालज्यूलाई युवा उद्यमी छनोट गरी नेपाल जेसीजमा सिफारिस गर्ने निर्णय गरियो । कार्यक्रमको संयोजन दमक जेसीजका CYE coordinator जेसी योगेश गौतमले गर्नुभएको थियो भने जेसी सुमन पौडेलले जेसीज आस्था बाचन गर्नुभएको थियो ।
जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज
जेसी राजेन्द्र बिमली
महासचिब,दमक जेसीज