JCI Urlabari ले CYE Area A अन्तरगत दोस्रो स्थान हासील गरेको छ।।

2025-04-13

लेटाङ, चैत्र ३०, २०८१, १२ मार्च २०२५ नेपाल जेसीजद्वारा आयोजित लेटांग जेसीजको आतिथ्यतामा Area A Presidents’ Meet 2025 अन्तरगत Creative Young Entrepreneur (CYE) कार्यक्रम अन्तर्गत Area A को छनोट प्रक्रिया भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रथम सुरुंगा जेसीजका जेसी प्रसोधन निरौला रहे। 

The Vusechho Restaurant का संस्थापक तथा JCI Urlabari का उपाध्यक्ष जेसी मिलन पोख्रेलले आफ्नो व्यवसायिक प्रस्तुति मार्फत दोस्रो स्थान हासिल गरेका छन्।

मिलन पोख्रेलले Urlabari स्थित हाईवे बेस्ड सामाजिक रेस्टुरेन्ट ‘The Vusechho’ को माध्यमबाट गुणस्तरीय, सस्तो, र स्वच्छ खाना प्रवाह गर्न थालेको, ‘10 Free Meals a Day’ अभियान, महिलाहरूको सशक्तिकरण तथा नेपाली स्वाद र स्थानीय उत्पादनको प्रवर्द्धनबारे धारिलो पिच प्रस्तुत गरेका थिए।

उहाँको प्रस्तुति दर्शक र निर्णायकद्वारा अत्यन्त प्रशंसित रह्यो।Area A बाट सेमीफाईनलका लागी छानीएका ८ जना प्रतिस्पर्धीहरूमध्ये पोख्रेल दोस्रो स्थानमा रहन सफल भएका हुन्। उहाँको पिचमा सामाजिक उत्तरदायित्वसँगै स्पष्ट वित्तीय योजना, ROI, व्यवसायिक वृद्धि दर र विस्तारको सम्भावनाले निर्णायकहरूको ध्यान खिचेको थियो।

प्रथम स्थान हांसील गरेको प्रशोधन निरौलाको Apex Biotech & Agroforestry Research Center ले कृषि क्षेत्रका लागी गरेको उत्कृष्ट योगदानका बारेमा चर्चा गरीएको थियो। र उनैको व्यवसाय नेपाल जेसीजको फाईनल राउण्ड लागी जानेछ।

आफुले द्वितीय स्थान हांसिल गरेपनि यो ठुलो सफलता भएको भन्दै जेसी मिलनले प्रथम स्थान हांसील गर्ने व्यवसायले नेपालको प्रतिनिधित्व गर्दै  फाइनल विजेता बनोस् भन्ने शुभकामना समेत व्यक्त गरे। 

Letang Jaycees द्वारा आयोजित उक्त कार्यक्रम अत्यन्तै ऊर्जा र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


JCI News Archive