त्रिभुवननगर जेसीजले जेसीज सप्ताह–२०२५ को चौथो दिन स्थानिय सरकारसँग जेसीज कफि टक शो कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको चौथो दिन मंगलबार सचिवालयमा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । JCI Key Actions for Brand Awareness and Visibility अन्तर्गत सम्पन्न भएको Coffee Talk Show मा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीसँग स्थानीय सरकार सञ्चालनका लागि चुनौति, सम्भावना, नीगित कार्यान्वयन र त्यसको प्रभावसँग युवाहरुको समग्र विकासमा पालिकाले गरेका कार्यक्रहरु एवम् भावी योजनाका विषयमा घनिभूत छलफल गरिएको थियो । कार्यक्रममा अतिथिका रूपमा दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकाल, घोराही उपमहानगरपालिका वडा नं ७का अध्यक्ष खोपिराम चौधरी, पूर्व अध्यक्ष दिपक शर्मा, विमल श्रेष्ठ र सिनेटर सुशिल प्रकाश आचार्यको उपस्थिति रहेको थियो । साथै संस्थापक अध्यक्ष स्व. सिनेटर उपेन्द्र कुमार पाण्डेको वार्षिकी अवसरमा उहाँको फोटोमा मालाअर्पण गरि सर्दासुमन व्यक्त गरिएको थियो । जेसी समिर के.सी.को जेसीज आस्थापाठ, श्याम कुमार गिरीको जेसीज मिसन तथा भिजन प्रस्तुती र तेस्रो दिनको कार्यक्रम संयोजक महेश बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।